बाजुराको बुढीगंगामा ५ हजार बढी मतगणना हुँदा एमाले उम्मेदवारको अग्रता कायमै

काठमाडौं। बाजुराको बुढीगंगा नगरपालिका एमाले उम्मेदवार झण्डै दोब्बर मतले अगाडि छन्।

 

प्राप्त पछिल्लो विवरण अनुसार प्रमुखमा एमालेका रामबहादुर बानियाँले ३३ सय ५१ मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी कांग्रेसका रंगबहादुर खातीले१७ सय ८९ मत ल्याएका छन्।

 

 

उपप्रमुखमा एमालेकी माया कुमारी खड्का (कुवँर)ले ३२ सय ७९ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी कांग्रेसकी रिता शाही (शाह)ले १८ सय ५८  मत ल्याएकी छिन् ।

 

 

अहिलेसम्म ५ हजार ४ सय २९ मतगणना भइसकेको छ। ९ हजार १ सय २८ मत खसेको बुढीगंगाको अन्तिम मत परिणाम भोलि विहानसम्म सार्वजनिक हुने निर्वाचन कार्यालयले जनाएकाे छ।

 

 

चार वडाध्यक्षमा एमाले, एकीकृत समाजवादीको शून्य मत  

 

बुढिगंगा नगरपालिका वडा न १, २, ३, ८ ,९, १० को गणना सम्पन्न भइसकेको छ ।बुढीगंगा नगरपालिकामा हालसम्म छ वटा वडाको अन्तिम परिणाम सार्वजनिक भइसकेको छ।  छन्।

 

 

वडा नम्बर एकमा एमालेका रणबहादुर थापाले ४ सय १६ मत ल्याएर विजयी हुँदा निकटतम प्रतिस्पर्धी कांग्रेसका लोकबहादुर थापाले ३ सय ५८ मत पाए।

 

 

नेकपा एकीकृत समाजवादीका रामबहादुर सिंहले एक मत मात्रै ल्याए। दुई नम्बर वडामा एमालेका पदमबहादुर भण्डारीले ८ सय ३८ मत ल्याएर विजयी भए।

 

 

कांग्रेसका नरबहादुर थापा २ सय ३५ मत पाउँदा एकीकृत समाजवादीका सगुने थापाले शून्य मत प्राप्त गरे। वडा नम्बर ९ मा एमालेका मिनबहादुर सिंहले ४ सय ८२ मत ल्याउँदा समाजवादीका भरतबहादुर थापाले २ सय ९३ मत ल्याए।

 

 

 

वडा नम्बर १० मा एमालेका दलबहादुर सावदले ५ सय ४८ मत ल्याएर विजयी हुँदा कांग्रेसका मोहनबहादुर बुढाले ४ सय ९१ मत प्राप्त गरे। राप्रपाका गौरीप्रसाद जोशीले जम्मा दुई मत ल्याए।

 

 

 

अहिले वडा नम्बर ३ र ८ को मतगणना चलिरहेको निर्वाचन कार्यालयले जनाएकाे छ।