आज दिउँसो यी स्थानहरुमा मेघगर्जन र चट्याङसहित भारी बर्षाको सम्भावना
काठमाडौँ । अहिले देशभर मनसुनी वायुको सामान्य प्रभाव रहेको मौसमविदले जनाएका छन् ।
हाल गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा सामान्यतदेखि पूर्ण बदली रही देशको बाँकी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ ।
प्रदेश १ र बागमती प्रदेशका एकदुई स्थानहरूमा मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको छ । आज देशभर आंशिकदेखि सामान्य बदली रहने छ ।
देशको पहाडी भूभागका केही स्थानहरूमा र बाँकी भूभागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।
प्रदेश-१, गण्डकी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरूमा र बाँकी भूभागका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशको पहाडी भूभागका केही स्थानहरुमा र बाँकी भू(भागका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै आज राती देशका पहाडी भूभागमा आँशिक देखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ । प्रदेश १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरुमा र बाँकी भूभागका एकदुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
सोमबार पनि देशभर आंशिकदेखि सामान्य बदली रहने छ । देशको पहाडी भूभागका केही स्थानहरूमा र बाँकी भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।