उपसभामुख निर्वाचनको कार्यसूची यस्तो छ (सूचनासहित)

फाइल तस्वीर

काठमाडौं। प्रतिनिधिसभाको रिक्त उपसभामुख पदको निर्वाचन यही असार ३१ गते हुने भएको छ। प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीका अनुसार बिहीबार मनोनयन र शुक्रबार निर्वाचन हुनेछ।

 

 

तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाम्फेले राजीनामा दिएपछि उपसभामुख खाली थियो।  

 

 

​नेपालको संविधानको धारा ९० को उपधारा (२)उपधारा (१) बमोजिम निर्वाचन गर्दा प्रतिनिधि सभाको सभामुख र उपसभामुख मध्ये एक जना महिला हुने गरी गर्नुपर्नेछ र प्रतिनिधि सभाको सभामुख र उपसभामुख फरक-फरक दलको प्रतिनिधि हुनु पर्ने उल्लेख छ।