आज दिउँसो यी पाँच प्रदेशमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना,सतर्क रहन महाशाखाको अनुरोध
काचठमाडौं। जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले आजको मौसम बुलेटिन जारी गर्दै चेतावनी दिएको छ।
हाल देशभर मनसुनी वायुको सामान्य प्रभाव कायमै रहेको महाशखाले जनाएको छ ।
हाल मौसमको अवस्था देशभर आंशिक देखि सामान्य बदली रहेको छ । कर्णाली प्रदेशका थोरै स्थानहरुमा र बागमती प्रदेश र गण्डकी प्रदेशका एकदुई स्थानहरुमा र हल्का देखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानहरुमा र बाँकी भूभागका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
तयस्तै आज राती देशको पहाडी भूभागमा आँशिक देखि सामान्य बदली रही बाँकी भूभागमा आँशिक बदली रहनेछ । प्रदेश १ लगायत देशको पहाडी भूभागका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
यस्तो छ आगामी २४ घण्टामा महाशाखाले जारी गरेको चेतावनी तथा परामर्श
बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानहरुमा र बाँकी भूभागका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जन जीवनर यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ।