कोरियामा एक नेपालीको मृत्यु
काठमाडौं । कोरियामा कार्यरत १ जना नेपालीको दुर्घटनामा परि ज्यान गएको छ।
भोजपुर घर भई ईपिएस मार्फत दक्षिण कोरियाको याङ्सानमा फलाम काटने कम्पनीमा कार्यरत तिर्थ पाण्डेकाे मृत्यु भएको हो।
काम गरिरहेकै अवस्थामा मेसनमा टाउको च्यापिएर उनको घटनास्थलमै ज्यान गएको बताइएको छ।
ईपीएस मार्फत कोरिया आएका उनी ६ वर्षदेखि कार्यरत थिए।