कम्युनिष्ट घटकबीच ‘वाम एकता’को प्रयासमा छौँ:अध्यक्ष प्रचण्ड

फाइल तस्वीर

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरू वाम एकताको प्रयासमा रहेको बताएका छन् ।

 

 

आज सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा भएको बैठकपछि प्रचण्डले आफूहरू गठबन्धनको पक्षमा रहेको तर वाम एकताको प्रयास पनि भइरहेको बताए ।

 

 

 

हेर्दै जानुहोला । अब वामपन्थीहरू नजिक हुँदै जान्छौँ, उनले भने ।आजको बैठकमा कांग्रेस र एमालेले गरेका निर्णयहरूको बारेमा समीक्षा भएको उनले बताए ।

 

 

 

गठबन्धनलाई कायम राखेरै जानुपर्छ भन्नेमा हाम्रो कसैको विमति छैन । तर, स्थानीय चुनावको अनुभवलाई ध्यान दिएर आगामी दिनमा कसरी प्रभावकारी बनाउने भन्ने विषयमा चर्चा गर्‍यौँ । अर्कोतिर विचार मिल्नेहरूको बिचमा एकताको सम्भावनाको बारेमा पनि हामीले छलफल गरिरहेका छौँ ।

 

 

 

बैठकमा ‘प्रचण्ड’सहित नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, झलनाथ खनाल, नेता वामदेव गौतम, माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ सहभागी थिए ।

 

 

यसअघि, आजै सिंहदरबारमा प्रचण्ड र नेता डा.बाबुराम भट्टराईबीच पनि छलफल भएको थियो ।