नेपाली काँग्रेस स्वामिकर्तिक-काठमाडौँ समन्वन समितिले,विगतको समीक्षा-भविष्यको चिन्तन, विषयक अन्तरक्रिया कार्यक्रम गर्दै

काठमाडौं। बाजुरा जिल्ला नेपाली काङ्ग्रेस स्वामीकार्तिक काठमाडौ समन्वय समितिले अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ। काठमाडौंको वाल्मीकि क्याम्पसमा अाज (बिहान ११ बजे) कार्यक्रम गर्ने समन्वय समितिका सचिव प्रमराज जाेशीले जानकारी दिए।

 

 

 

काठमाडौंमा वस्नु भएका ,विभिन्न रोजगार पेशामा रहेका महानुभावहरु,पार्टीका विभिन्न तह र तप्काको जिम्मेवारीमा रहेका भातृ संस्था तरुण दल,ने.वि संघ तथा शुभेच्छुक संस्थाका ,विभिन्न पालिका स्तरिय सम्पर्क समितिका पदाधिकारीहरु युवाहरु कार्यक्रममा उपस्थिति हुने जनाइएको छ।

 

 

त्यस्तै नेपाली काँग्रेसका नेता जनक राज गिरी स्वामिकार्तिक खापर गाउँपालिका अध्यक्ष भरत बहादुर रोकाया र गाउँपालिकामा पार्टीका विभिन्न तहमा रहेका नेता कार्यकताहरूको पनि उपस्थिति हुने सचिव जाेशीले जानकारी दिए।

 

 

 

हाल काठमाडौंमा बस्ने नेपाली काँग्रेसमा आस्थावान सबैलाइ अन्तरक्रिया कार्यक्रमा उपस्थित हुन समन्वय समिति र मेरो व्यक्तिगत तर्फबाट सबैलाई उपस्थितिका लागि अनुरोध गर्छु उनले भने।

 

 

 

साउन ५ गते विगतको समीक्षा -भविष्यको चिन्तन विषयक अन्तरक्रिया कार्यक्रममा सम्पूर्णलाइ उपस्थितिका लागि समन्वय समितिले अनुरोध गरेको छ।

 

 

 वाल्मीकि क्याम्पस (प्रदर्शनी मार्ग) मा आयोजना गरेकाे साे कार्यक्रम दिउँसाे १ बजे सुरू गरिने नेपाली काँग्रेस स्वामिकर्तिक काठमाडौँ समन्वन समितिका सचिव जाेशीले जनाएका छन्।