एमसीसी र एसपीपीविरुद्ध ४ कम्युनिष्ट पार्टीद्वारा आन्दोलन घोषणा
काठमाडौं । संसद बाहिरका चार कम्युनिष्ट पार्टीले अमेरिकी सहयता परियोजना (एमसीसी) र स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी)विरुद्ध आन्दोलन घोषणा गरेका छन्।
मंगलबार काठमाडौंमा संयुक्त पत्रकार सम्मेलन गरेर नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, आहुति नेतृृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी समाजवादीले आन्दोलनको घोषणा गरेका हुन्।
उनीहरुले घोषणा गरेको कार्यक्रममा साउन १३ गते देशव्यापी कोणसभा घोषणा, १५ मशाल जुलुस र २१ गते प्रदेश तथा काठमाडौंमा विरोध प्रदर्शन गर्ने रहेका छन्।
हेर्नुहोस् निर्णय