नागरिकता विधेयकमा राष्ट्रिय सहमति जुटाउन महासचिव किरणव्दारा सरकारसँग जोडदार माग (प्रेस-वक्तव्यसहित)
काठमाडौं। नेकपा (क्रान्तिकारी माओवादी)ले साउन ६ गते प्रतिनिधिसभाद्वारा पारित गरिएको नागरिकता विधेयकको विरोध गरेको छ।
सो पार्टीले नागरिकता जस्तो अति संवेदनशील विषयसँग सम्बन्धित विधेयकलाई दफावार छलफलका लागि प्रतिनिधिसभाको विषयगत समितिमा नपठाई र कतिपय सांसदहरुले राखेका संशोधन प्रस्तावलाई समेत पूर्णत:व्यवास्ता गरी पारित गरिनु आपत्तिजनक भएकाे विज्ञप्तिमा उल्लेख गरिएकाे छ।
नागरिकता विधेयक पाससँगै नेपालमा अतिक्रमण बढ्दै जाने र त्यसले देशको राजनीतिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक क्षेत्रमा गम्भीर प्रभाव पार्नुका साथै राष्ट्रिय स्वाधीनता तथा अस्तित्वमा समेत खलल पुर्याउने देखिएकाे छ।
यी समग्र विषयहरुलाई ध्यानमा राखी राष्ट्रिय सहमतिका लागि पहल गर्न सरकारसँग नेकपा(क्रान्तिकारी माओवादी) का महासचिव किरणले विज्ञप्ति जारी गरेर माग गर्नु भएकाे छ।
हेर्नुस् यस्ताे छ वक्तव्य-