राष्ट्रियसभाले पनि पारित गर्यो नागरिकता विधेयक
काठमाडौं। राष्ट्रियसभाले पनि नागरिकता विधेयकलाई पारित भएको छ।प्रतिनिसभाबाट पारित भएर सन्देशसहित राष्ट्रियभसामा पुगेको विधेयक बहुमतले पारित भएको छ।
प्रतिनिधिसभाले साउन ६ गते बहुमतका आधारमा नागरिकता विधेयक पारित गरेको थियो। राष्ट्रियसभामा बहुमतका आधारमा विधेयक पारित भएको हो।
दुवै सदनले समितिमा नपठाइ विधेयक हाउसबाटै पारित गरेका छन्। नागरिकता जस्तो संवेदनशील विषयलाई समितिमा लगेर व्यापक छलफलपछि मात्रै पारिरत गर्नुपर्ने आज उठे पनि सत्ता पक्षले दुवै हासउबाट विधेयक पारित गराएको हो।
विधेयक पारित भएसँगै अब जन्मसिद्धका सन्तान र गैरआवासीय नेपालीले नागरिकता पाउने बाटो खुलेको छ।अब सभामुखले प्रमाणित गरेर राष्ट्रपतिबाट प्रमाणिकरण भएपछि ऐन कार्यान्वयनमा आउनेछ।