अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू काठमाडौँ आइपुगे

काठमाडौं। अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू नेपाल आइपुगेका छन्। उनी केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।

 

 

उनी आउने भएकाले दिउँसैदेखि विमानस्थलको सुरक्षा व्यवस्था कडा पारिएको थियो।

 

 

मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजनासम्बन्धी सम्झौता नेपालको संसद्बाट अनुमोदन हुनु अघि नेपाल आएका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु बिहीबार फेरि नेपाल आएका हुन्।

 

 

दक्षिण तथा मध्य एसिया मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री लु दुईदिने नेपाल भ्रमणमा आएका हुन्।

 

 

उनले नेपाल भ्रमणमा रहँदा प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री नारायण खड्कालगायत उच्च अधिकारीहरुसँग भेटवार्ता गर्ने तय भएको परराष्ट्रमन्त्रालयले जनाएको छ।