भरतपुरको वीरेन्द्र क्याम्पसमा नेपालको मौद्रिक नीति विषयक अन्तरक्रिया सम्पन्न

चितवन। वीरेन्द्र बहुमुखी क्याम्पसमा अर्थशास्त्र विभागको आयोजनामा विभिन्न सातवटा संकाय अन्तर्गत स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीहरुमाझ मौद्रिक नीति २०७९/०८० एक विश्लेषण शिर्षकमा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ।
 
 
 
 
 
विभागिय प्रमुख सह प्राध्यापक दिपक रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि क्याम्पस प्रमुख प्रोफेसर दयाराम पौडेल, समिक्षक त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघका सभापति एवम् पूर्व अर्थशास्त्र विभाग प्रमुख सह प्राध्यापक सूर्य नारायण पौडेल, कार्यपत्र प्रस्तोता अर्थशास्त्र विभागका सदस्य उप प्राध्यापक कृष्ण प्रसाद भूसाल, वित्तीय क्षेत्रका सिद्धार्थ बैंक लिमिटेड नारायणगढका शाखा प्रबन्धक मिन चौलागाईं , अतिथिहरु सह प्राध्यापक तिर्थराज पौडेल, उप प्राध्यापक केशव सुवेदी,समाजशास्त्र ‌विभागका प्रमुख उप-प्राध्यापक केशवराज सापकोटा, हरि प्रसाद उपाध्याय, शिरोमणि पराजुली, सह प्राध्यापक शकिल महम्मद अन्सारी लगायत उपस्थिति रहेको थियाे भने कार्यक्रमको सञ्चालन अर्थशास्त्र विभाग सदस्य उप प्राध्यापक थानेश्वर सापकोटाले गरेका थिए।
 
 
 
कार्यक्रममा नेपालमा अहिलेको मौद्रिक नीतिले तरलताको अवस्था सिर्जना भएको र श्रीलंकासँग मिल्दोजुल्दो परिस्थिति सिर्जना भएको प्रस्तोताद्वय कृष्ण प्रसाद भूसाल र मिन चौलागाईंले बताए।
 
 
 
कार्यक्रममा समग्र मौद्रिक नीति सार्वजनिक भएको जनताको जीवनस्तरमा सुधार गर्न नसक्ने ढंगले प्रस्तुत गरिएको समिक्षक सूर्य नारायण पौडेलले बताए।
 
 
 
 
कार्यक्रममा प्रमुख अतिथि क्याम्पस प्रमुख प्रोफेसर दयाराम पौडेलले यो मौद्रिक नीति सार्वजनिक भएकोमा सुखद भन्दा दुःखदायी अनुभूतिहरु सिर्जना भएको बताए।
 
 
 
कार्यक्रमका अध्यक्ष दिपक रेग्मीले यो कार्यक्रमले सबै सबै स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीहरुमाझ नेपालको मौद्रिक नीतिले पारेको असरहरू बारेमा जानकारी गराउन सफल रहेको बताउदै हार्दिक आभार व्यक्त गरे।