शिक्षा र स्वास्थ्यका समस्य समाधान गर्न अखिल(क्रान्तिकारी) संघर्षमा जान्छ: अध्यक्ष हरिकृष्ण गजुरेल

काठमाडौं। नेपाली जनताले चाहे अनुसारको शिक्षा अझै पनि पाउन नसकेको अखिल (क्रान्तिकारी)का अध्यक्ष हरिकृष्ण गजरेलले बताए ।

 

सरकार जतिसक्यो विद्यार्थीहरूलाइ नेपालमा होइन विदेशमा पठाउन चाहन्छ अध्यक्ष गजरेलले भने। 

 

  शिक्षा र स्वास्थ्यमा जनताको पहुच हुनुपर्नेमा माफियाहरुले कब्जा गरेको छ,अब विद्यार्थीको पहुचमा ल्याउन अखिल (क्रान्तिकारी) संधैं विद्यार्थीको साथमा रहेर संघर्ष गर्ने उनले बताए।

 

 

नेपालमा दुइ थरि शिक्षा रहेको र त्यो गरिब र धनीहरु बीचको ठुलो खाडलका रूपमा देखिएकाे छ।  निम्न वर्गका विद्यार्थीहरु आफले चाहे अनुसारको शिक्षा नेपलमै पढ्न नपाउने अवस्था भएको बेला धनीहनेहरुका छोराछोरी भने नेपालमान होइन विदेशमा पढ्न जाने गरेको अध्यक्ष गजरेलले बताए।

 

 

गरिब विद्यार्थीहरुले भने सामान्य शिक्षा पाउन पनि मुस्किल भएको उनले बताए । शिक्षा र स्वास्थ्य निशुल्क पाउनु पर्ने जनताको अधिकार भए पनि सरकारले त्यो गर्न नसकेको उनले बताए।

 

 

शिक्षामा सरकारको नितिनै गलत भएको त्यो निति परिमार्जन नगरेसम्म गरिबका छोराछोरीले गुणस्तरीय शिक्षा नपाउने अवस्था आएको उनले बताए।

 

 

अहिलेको सरकारले शिक्षा रस्वास्थ्यका माफियाहरुलाइ पोस्ने काम बाहेक अरु केही नगरेको उनले बताए।

 

नेपाली विद्यार्थीलाइ निजी शैक्षिक संस्थाले नेपालमा बसेर केही नहुने भन्दै कलिलै अवस्थामा त्यस्ता कुराहरु सिकाउने गरेको र विदेशमा जानु पर्छ भनरे शिक्षा दिने गरेको अध्यक्ष गजरेलले बताए।

 

 

सरकारले समाजवादका कुरा गरे पनि त्यो नेपालमा अहिलेको सरकार रहेसम्म सम्भव नरहेएको उनले बताए।

 

उनले भने शिक्षा मन्त्रीका स्वकिय सचिवले त पैसा मागेर विद्यार्थी भर्ना गर्छन् भने अरुले अझ के गर्दा होलन उनले भने ।

 

सरकारी विद्यार्थी संगठनका विद्यार्थी नेताहरुले पनि अभिभावकसँग पैसा मागेर विद्यार्थीहरु भर्ना गर्ने गरेको उनले आरापे लगाए।

 

 

अब अखिल (क्रान्तिकारी)ले यस्ता विकृतिविरुद्ध त्यतिकै बस्दैन हरेक विद्यार्थीका समस्या लिएर शैक्षिक ममाफियाविद्ध संघर्षका ककार्यक्रम अगाडी बढाउने उनले बताए।

 

 

देशभरका शिक्षा र स्वास्थ्यका माफियाहरुलाइ तहलगाउन अब आन्दोलनको आधिबेरी ल्याउने अध्यक्ष गजरेलले बताए।

 

सामान्य जनताको जीनव अझै कष्टकर बन्दै गएको र धनी बाहेक गरिबका छोराछोरीले पढ्ने वातावरण नरहेको उनले बताए।

 

 

सो अन्तरक्रिया कार्यक्रममा अखिल (क्रान्तिकारी)की उपाध्यक्ष शिल न्यौपानेलगाएतका पिवद्यार्थी नेताहरुको बाक्लो उपस्थिति रहेको थियो ।