नारायणगढ – मुग्लिन सडक दुईतर्फी सञ्चालनमा
काठमाडौं। अविरल वर्षाका कारण आइतबार राती झरेको पहिरो पन्छाएपछि नारायणग-मुग्लिन सडक दुईतर्फी सुचारु भएको छ।
सो सडक खण्ड अन्तर्गतको भरतपुर महानगरपालिका-२९ घुमाउने नजिकै लेदोसहित आइतबार राती खसेको पहिरो पन्छाएपछि सडक दुईतर्फी रुपमा सञ्चालनमा आएको हो।
तयारी अवस्थामा रहेका दुईवटा जेसिभी प्रयोग गरेर पहिरो पन्छाइए पछि सवारी साधन गुड्न थालेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।