देशभर थप ८६८ जना कोरोना संक्रमण, एकैदिन ३ जनाको मृत्यु
काठमाडौं ।देशभर पछिल्लो २४ घण्टामा थप ८६८ जना कोरोना संक्रमण पुष्टि भएको छ भने ३ जनाको मृत्यु भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ७०५ जनाको परीक्षणमा ८६८ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार ३ हजार ६१४जनाको पीसीआर परीक्षण गर्दा ४९६ जना र ३ हजार ९१ जनाको एन्टिजेन परीक्षण गर्दा ३७२ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ ।
यस्तै बुधबार कोरोना संक्रिय संक्रमितको संख्या ८ हजार ८८५ पुगेको छ । पछिल्लो २४ घण्टामा ४१४ जना संक्रमणमुक्त भएका छन् ।
जसमध्ये ५ हजार ६७१ जना होम आइसोलेसनमा रहेका छन् भने २१४ जना संस्थागत आइसोलेसन र ६४ जना आईसीयूमा छन् ।
यस्तै ७ जनाको भेन्टिलेरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।बुधबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ३७ हजार ६३० पुगेको छ ।
यस्तै १० वर्ष मुनिका ६ जना बालबालिकामा कोरोना संक्रमण देखिएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ३० जनामा कोरोना संक्रमित भउको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।