एकीकृत समाजवादीले बनायो संघ र प्रदेशको चुनावका लागि घोषणापत्र तयारी समिति
काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले ४ मंसिरमा हुने संघ र प्रदेशको चुनावका लागि घोषणापत्र तयारी समिति बनाएको छ।
सो पार्टीले घोषणा पत्र तयार पार्न र उम्मेदवार छनोटको मापदण्ड बनाउन नेताहरुलाई जिम्मेवारी तोकेको छ।
बुधबार पार्टी कार्यालयमा बसेको सचिवालयको बैठकले घोषणापत्र तयार गर्न नेताहरु प्रकाश ज्वाला, गंगालाल तुलाधार र विजय पौडेललाई जिम्मेवारी तोकेको हो।
त्यस्तै बैठकले उम्मेदवार छनोटको मापदण्ड र विधिबारे प्रस्ताव तयार पार्ने जिम्मेवारी महासचिव बेदूराम भुसाललाई दिएको छ ।
निर्वाचन आयोगमा दल दर्ता गराउने जिम्मेवारी उपमहसचिव गंगालाल तुलाधरले पाएका छन् ।
त्यस्तै निर्वाचन सम्बन्धी निर्देशिका तयार गर्ने जिम्मा पार्टीको कानून विभागलाई दिइएको जनाएको छ।