देउराली बहुउद्देश्यीय सहकारी संस्थाले बचतकर्ता र शेयरधनीसँग गर्यो अन्तरक्रिया कार्यक्रम,ढुक्क हुन अध्यक्ष चौलागाईंको आग्रह
काठमाडौं । कोरोना भाइरसका कारण विश्वमा नै आर्थिक तरलता आइरहेको अवस्थामा ललितपुरको सातदोबाटोस्थित केन्द्रीय कार्यालय रहेको देउराली बहुउद्देश्यीय सहकारी संस्था लि.का अध्यक्ष रविन्द्र चौंलागाईंले आफ्नो शेयरधनी र निक्षेपकर्ताहरुलाई गलत हल्लाको पछि नलाग्न भन्दै पत्रकार सम्मेलन गरेका छन्।
अध्यक्ष चौलागाईंले आफ्नो शेयरधनी र बचतकर्ताहरुलाई ललितपुरको सातदोबाटोस्थित ललितपृुर पार्टी प्यालेसमा भेला गराई पत्रकार सम्मेलन गरी उनीहरुसँग अन्तरक्रियासमेत गरेका थिए।
सो पत्रकार सम्मेलन कार्यक्रममा हजारौं शेयरधनी र बचतकर्ताहरुको उपस्थितिमा कसैको पनि पैसा नफस्ने गरी संस्थाको अचल सम्पत्ति बेचबिखन गरी चाँडै नै बचतकर्ताको इच्छाबमोजिम रकम दिँदै जाने जानकारी गराएका थिए।