गृहमन्त्रीका सुरक्षागार्डमाथि प्रहरीले सुरु गर्यो छानबिन
काठमाडौं। नेपाल प्रहरीले गृहमन्त्री बालकृष्ण खाणको ‘सुरक्षा समूह’मा खटिएका प्रहरी वरिष्ठ नायव निरीक्षक टङ्क कार्कीमाथि अनुसन्धान थालेको छ।
‘सुन तस्करसँग गृहमन्त्रीको सुरक्षार्थ खटिएका पिएसओ टङ्क कार्कीको संलग्नता’ भन्ने समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै कार्कीमाथि प्रहरीले अनुसन्धान थालेको हो।
केन्द्रीय प्रहरी प्रवक्ता, प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईले कार्कीलाई प्रहरी प्रधान कार्यालय सुपरीवेक्षण तथा अनुगमन महाशाखामा झिकाइ छानबिन तथा अनुसन्धान भइरहेको जनाएका छन।
‘छानबिन तथा अनुसन्धानपश्चात् उनी दोषी देखिए कानुनबमोजिम कारबाही गर्ने व्यहोरासमेत अनुरोध गर्दछु’, राईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।