महानगरले हटायो काठमाडौं मलमा बनेका अनाधिकृत संरचना

काठमाडौं । काठमाडौं महानगरपालिकाले सुन्धारास्थित काठमाडौं मलमा बनेका अनाधिकृत संरचना हटाएको छ ।

 

 

बुधबार बिहान महानगरपालिका मेयर बालेन्द्र साहको उपस्थितिमा डोजरसहितको टोलीले अनाधिकृत संरचना हटाएको हो ।

 

 

काठमाडौं उपत्यका प्रहरी कार्यालयकी प्रमुख मिरा राणासहितको टोली पनि सोही स्थानमा पुगेको छ ।

 

 

 

काठमाडौं मल कर्मचारी सञ्चय कोषको स्वामित्वमा रहेको छ । यो भवन भाडामा लिएकाहरुले अनाधिकृत रुपमा नक्सा विपरीतका संरचना बनाएर उपयोग गरिरहेका थिए ।

 

जसका कारण भूमिगत पार्किङमा समस्या थपिएको छ ।