पल शाह प्रकरण: नवलपुरको सुनुवाइ आज स्थगित
काठमाडौं । अभिनेता पल शाहको मुद्दामा आज (बुधबार) नवलपुरमा हुने भनिएको सुनुवाइ स्थगित भएको छ ।
बलात्कारको अभियोगमा पक्राउ परेका अभिनेता शाहको नवलपुर जिल्ला अदालतमा फैसलाका लागि तोकिएको मुद्दाको पेशी स्थगित भएको हो ।
न्यायाधीश उमेशप्रसाद लुँइटेलको इजलासमा पेशी तोकिए पनि स्थगितको निवेदन परेको हो ।
साथै शाहको तनहुँ जिल्ला अदालतले भदौ १५ गतेका लागि जबर्जस्ती करणीविरुद्धको मुद्दाको पेशी तोकेको छ ।
शाह यतिबेला बलात्कार अभियोगमा पुर्पक्षका लागि तनहुँ कारागारमा छन् ।
यसअघि थुनाबाटै मुद्दाको पुर्पक्ष गर्न पाउनुपर्ने माग राख्दै शाहले उच्च अदालत पोखरामा निवेदन दिएका थिए । तर, अदालतले निवेदनलाई अस्वीकृत गरिदियो ।
गत फागुन १५ गते नाबालिकामाथि जबर्जस्ती करणी गरेको भन्दै शाहा पक्राउ परेका थिए ।