सुदूरपश्चिम प्रदेशका राज्यमन्त्री चौधरी बर्खास्त
काठमाडौं । सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार राज्यमन्त्री कुलवीर चौधरीलाई बर्खास्त गरिएको छ । मुख्यमन्त्री त्रिलोचन भट्टले नेकपा (एस)का नेतासमेत रहेका चौधरीलाई बर्खास्त गरेका हुन् ।
मुख्यमन्त्री भट्टका स्वकीय सचिव प्रेम कुँवरका अनुसार चौधरी नेकपा (एमाले)मा प्रवेश गर्ने सूचना पाएपछि सरकारबाट हटाइएको हो।
एमालेका अध्यक्ष केपी शर्मा ओली बुधबार कञ्चनपुरको महेन्द्रनगर आएका छन् ।
ओलीले एकीकृत समाजवादीका नेता तारा लामा तामाङलगायतका नेताहरुलाई पार्टी प्रवेश गराने कार्यक्रम रहेको बताइएको छ ।
सोही क्रममा चौधरी पनि पार्टी प्रवेश गर्ने सूचना पाएको सुदूरपश्चिमका सत्तारुढ दलका नेताहरुले जनाएका छन् ।