सन्दीपविरुद्ध पक्राउ पूर्जी जारी

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरूद्ध पक्राउ पूर्जी जारी भएको छ ।

 

 

 

जिल्ला अदालत काठमाडौंले बिहीबार राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दिप लामिछानेलाई पक्राउ गर्न अनुमति दिएको हो ।

 

 

 

१७ वर्षीया नाबालिगले भदौ २१ गते जबरजस्ती करणीको आरोपसहित मुद्दा दर्ता गरेपछि प्रहरीले सन्दीपविरुद्ध पक्राउ पूर्जी जारी गर्न अदालतलाई निवेदन दिएको थियो ।

 

 

 

 

हाल सन्दीप क्यारेबियन प्रिमियर लिग खेल्न वेस्ट इन्डिजमा छन् । केन्याविरुद्धको टी-२० सिरिजपछि सन्दीप केन्वेयाबाट सिधै वेस्ट इन्डिज पुगेका थिए ।

 

 

 

नेपाल क्रिकेट संघ(क्यान) सँगको कुराकानीमा सन्दीपले लिग सकेपछि नेपाल फर्कने बताएका थिए ।