राष्ट्रिय टिमका कप्तान सन्दीप लामिछाने निलम्बन

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय टिमका कप्तान सन्दीप लामिछानेलाई निलम्बन गरेको छ ।

 

 

कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लका अनुसार बिहीबार बसेको क्यानको कार्यसम्पादन समितिको बैठकले सन्दीपलाई राष्ट्रिय टिमबाट निलम्बन गर्ने निर्णय गरेको हो ।

 

 

 

अदालतले पक्राउ पुर्जी जारी गरिसकेका कारण उनलाई निलम्बन गरेको संघले जनाएको छ ।

 

 

 

उनीविरुद्ध एक किशोरीले बलात्कारको उजुरी दिएपछि जिल्ला अदालत काठमाडौंले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।