कांग्रेसको शेखर समूह बन्दसूची संशोधनमा सन्तुष्टि

काठमाडौं । नेपाली कांग्रेसको शेखर कोइराला समूहले समानुपातिकको बन्दसूची संशोधनमा आंशिक सन्तुष्टि जनाएको छ ।

बन्दसूचीप्रति असन्तुष्टि जनाउँदै शेखर समूहले पार्टी कार्यालय, सानेपामा धर्ना समेत दिएको थियो । प्रारम्भीक सूचीमा ११० जनामध्ये १३ जना मात्र शेखर समूहको थिए, जसमध्ये ८ जनाको सांसद बन्ने सम्भावना थिए । तर १६ असोजमा बुझाइएको संशोधित सूचीमा भने शेखर समूहको थप नाम परेको छ ।

बिहीबार अनुपम फुडल्याण्डमा बसेको शेखर समूहका नेताहरुको बैठकले आफूहरुको खबरदारीका कारण लाभ प्राप्त भएको ठहर गर्दै आंशिक सन्तुष्टि जनाएको छ ।

साथै प्रत्यक्षतर्फ टिकट वितरणलाई पनि न्यायोचित बनाउन खबरदारी गरिराख्नु निर्णय गरेको छ ।