प्रतिनिधिसभा र प्रदेशसभाका ६०० जनाको उम्मेदवारी फिर्ता
काठमाडौं ।आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेशसभा चुनावमा भाग लिन उम्मेदवारी दिएका करिब ६ सय उम्मेदवारहरुले मनोनयनपत्र फिर्ता लिएका छन्।
निर्वाचन आयोगका अनुसार प्रतिनिधि सभामा ११४ सहित प्रदेशसभामा ४८३ जनाले मनोनयनपत्र फिर्ता लिएका छन् । यो उम्मेदवारी रद्द भएकाहरुको संख्या समेत हो।
निर्वाचन आयोगका अनुसार, प्रतिनिधिसभामा कुल २ हजार ५२६ जनाको उम्मेदवारी दर्ता भएकोमा अहिले घटेर २ हजार ४१२ पुगेको छ।
प्रदेशसभामा ३ हजार ४७६ जनाको उम्मेदवारी परेकोमा अहिले घटेर २ हजार ९९३ भएको छ।
बुधबार दिँउसोसम्म उम्मेदवारी फिर्ता लिने समयावधि तोकेको निर्वाचन आयोगले त्यसपछि उनीहरुको अन्तिम नामावली प्रकाशित गरेर निर्वाचन चिह्न समेत दिइसकेको छ।