बाजुराको उत्तर पूर्वी क्षेत्रका चार स्थानीय तहमा करोडौंको क्षति: पिडितद्वारा राहत नपाएको गुनासो

उमेश सिंह कठायत-

काठमाडौं। बाजुरा जिल्लाका उत्तरपूर्वी क्षेत्रमा पर्ने चार वटै स्थानीय तहमा लगातार पाँच दिनसम्म परेकाे अविरल बर्षाले करोडौं धनजनकाे  क्षति गरेको छ। जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिका,जगनाथ गाउँपालिका,हिमाली गाउँपालिका र बुढीन्दा नगरपालिकामा बढी पहिराेले क्षति गरेको हाे। 

स्वामीकार्तिक गाउँपालिकाका पाँच वटै वडामा क्षति भएकाे छ भने सबै विवरण संकलन गरि रहेकाे गाउँपालिकाले जनाएकाे छ। विवरण संकल भएपछि कुन वडामा कति क्षति भएकाे हाे त्याे समर्वजनिक गर्ने अध्यक्ष भरत बहादुर राेकायाले बताए। उनले भने सबै वडाका वडाअध्यक्षलाइ विवरण संकलन गर्नु भनेकाे छु। र म आफै पनि सबै वडामा पुग्ने काेशिस गरि रहेकाे छु उनले भने।

त्यस्तै हिमाली गाउँपालिकामा बाढी पहिराेले  ५ सय घरमा क्षति पुगेका छ। गाउँपालिकाका भर २५० घरमा पूर्ण क्षतिभएकाे छ भने वडा नं.४ बाेर्ताका ११३ घरपरिवार गाउँ नै छाेड्नु पर्ने अवस्थामा पुगेकाे अध्यक्ष गाेविन्द बहादुर मल्लले बताए। उनले भने उनिहरूलाइ बस्तीनै स्थान्तरण गर्नु पर्ने अवस्था आएकाेले जिल्ला प्रशासन कार्यलयलाइ पहलकाे लागि गाउँपालिकाले आग्रह गरि सकेकाे बताए। त्यस्तै बालिनालीमा पनि ठूलाे क्षति पुगेकाे छ।

गाउँपालिकाले केही समयका लागि पूर्ण क्षति भएका घरपरिवालाइ १० केजी चामल,दाल,नुन ,पाल,लताकपडा,कमल, भाडाकुडासहितका विभिन्न सामाग्री उपलब्ध गराएकाे अध्यक्ष मल्लले बताए। बाढी पिडित घरपरिवारलाइ सहयाेगकाे लागि संघिय र प्रदेश सरकारसँग र संघ,संस्थाहरूसँग पनि  आग्रह गरिएकाे मल्लले बताए।  त्यस्तै केही  सुमय अगाडी मात्रै संञ्चालनामा आएकाे कवाडी लघुजलविद्युत आयाेजनामा पनि पूर्णक्षति पुगेकाेले अहिले अन्धकारमा सबस्नु पर्ने बाध्य भएकाे अध्यक्ष मल्लले बताए। 

त्यस्तै जगनाथ गाउँपालिकाको वडा नं –२ मा मात्र चार गाउँका २४ घर पूर्णरुपमा भत्किएका छन्।जगनाथ गाउँपालिका वडा नं –२ को काँडाकोट, लुमा, हुनी, बस्केना र शेरा गाउँका २४ परिवारले बास बस्दै आएको घर अविरल वर्षाका कारण भत्कीएपछि अहिले ती परिवारहरूलाई कहाँ गएर बस्न भन्ने समस्या भएको हो।

 असोज १९ देखि २५ गते सम्म लगातार परेको अविरल वर्षाका कारण जगनाथ गाउँपालिका वडा नं २ को काँडाकोट, लुमा, हुनी, बस्केना र शेरा गाउँका २४ वटा घर भत्किएपछि अहिले यहाँका स्थानीय खुल्ला आकाश मुनी बास बस्न बाध्य भएका छन्।  

घर भत्किएपछि घरमा रहेको खाद्यान्न लुगा कपडा समेत छाेपिएपछि अहिले गाँसबासकै समस्या भएको पिडित स्थानीय बासिन्दाले बताए। 

  आर्थिक अभावका कारण यहाँका स्थानीयले पहिलादेखि मर्मत गर्न नसकेका घरहरू यो वर्षको वर्षामा सबै भत्किएपछि हिउँदको चिसोमा खुल्ला आकाशमा बास गर्नुपर्ने समस्या भएको बताए।

 त्यस्तै बुढीन्दा नगरपालिकामा पनि बाढी पहिराेले केही घरमा क्षति गरेकाे नगरपालिकाले जनाएकाे छ। सबै विवरण आइसकेकाे छैन कुन वडामा कति क्षति पुगेकाेछ त्याे नआउन जेल यति उति क्षति भयाे भन्न सक्ने अवस्था नरहेकाे नगरपालिका स्राेतले जनाएकाे छ। 

बाढी पहिराे पिडितले राहात नपाएकाे गुनासाे गरेका छन् । केही गाउँपालिकाले सामन्य राहात वितरण गरे पनि खासै सरकार र अन्य बेला सहयाेग गर्ने संघ सस्थाहरूले पनि चासाे नदेखाएकाे प्रति पिडितहरूले गुनासाे गरेका छन्।