भतिजलाई गोली प्रहार गरी काकाले गरे आत्महत्या
काठमाडौं।झापाको गौरादह नगरपालिका–८ मा एकजनाले भतिजलाई गोली हानेर आफूले आत्महत्या गरेका छन्।
जिल्ला प्रहरी कार्यालय, झापाका अनुसार घटनामा स्थानीय ३५ वर्षका विरेन साहको मृत्यु भएको हो। उनले आफैँले कञ्चटटमा गोली हानी आत्महत्या गरेको झापा प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिए।
विरेनले हेमराज आफ्नै घर अगाडि चाइनिज पेस्तोलले गोली प्रहार गरेर भागेका थिए। लगत्तै १०० मिटर उतर सुकुना खोला किनारमा कञ्चटमा गोली लागि मृत्यु भएको अवस्थामा फेला परेको झापा प्रहरीले जनाएको छ।
वीरेनले भतिज १५ वर्षीय हेमराजलाई गोली हानी केही बेरमा आफैँलाई प्रहार गरेका थिए। घाइते उनको विर्तामोडस्थित बी एण्ड सी अस्पतालमा उपचार भइरहेको छ।
मृतक विरेन पूर्व सशस्त्र प्रहरी रहेको खुलेको प्रजिअ रिजालले जानकारी दिए।
घटनास्थलबाट एक थान कटुवा पेस्तोल, दुई थान म्यागजिन, एक थान गोलीको खोका र १५ राउण्ड गोली फेला परेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।