तपाइको फेसबुक अकाउन्टमा समस्या आयो ? यसरी गर्नुहोस् रिपोर्ट (यस्ता छन् तरिकाहरु)
काठमाडौं । फेसबुक सर्वाधिक प्रयोग गरिने एक सामाजिक सञ्जालकाे माध्यम हो। फेसबुक प्रयोग गरिरहँदा त्यसमा हामीले विभिन्न समस्या भोगिरहेका हुन्छौँ ।
विशेषगरी हामीले फेसबुकको नीति उलङ्घन गरेको खण्डमा वा फेसबुकलाई उक्त प्लेटफर्ममा हामीले अस्वभाविक गतिविधि गरेको महसुस भएमा आईडी रेस्ट्रिक्टु हुनेगर्छ ।
कतिपय अवस्थामा त आईडी सधैँका लागि बन्द हुन्छ । त्यस्तो अवस्थामा हामी आफ्नो समस्या सोझै फेसबुकका ग्राहक प्रतिनिधि (कस्टमर केयरमा) राख्नुपर्ने हुन्छ । के हामीले जान्न खोजेका कुरा वा हाम्रा जिज्ञासा फेसबुकका ग्राहक प्रतिनिधिले मेटाइदिन्छन् त?
आज हामी फेसबुकका ग्राहक प्रतिनिधिसँग साँच्चै कुरा गर्न सकिन्छ त वा सकिन्छ भने कसरी सकिन्छ भन्ने विषयमा जानकारी दिन्छौँ।
एउटा कुरा के याद गर्नुहोस् भने फेसबुकले हामी प्रयोगकर्तालाई आफ्ना ग्राहक नै मान्दैन । हामीले विज्ञापन हेरेर फेसबुकलाई योगदान दिइरहे पनि फेसबुकले हामीलाई ग्राहकका रूपमा कहिल्यै सोचेको हुँदैन ।
भनिन्छ नि यदि तपाईँले कुनै पनि उत्पादन उपयोग गरेवापत कुनै शुल्क तिर्नुभएको छैन भने त्यस्तो अवस्थामा तपाईँ नै उक्त प्लेटफर्मको उत्पादन हो ।
त्यसले तपाईँलाई प्रयोग गरी आम्दानी गरिरहेको हुन्छ । प्रायः अवस्थामा हामीले फेसबुकमा भेटेका कुनै पनि समस्यालाई हामी आफैंले समाधान गरौँ भन्ने फेसबुकको चाहना हुन्छ । तर, केही अवस्थामा भने फेसबुकको ग्राहक सेवासम्म पुग्न सकिन्छ ।
फेसबुक अकाउन्टमा समस्या आउँदा फेसबुकको ग्राहक प्रतिनिधि सेवासँग कसरी कुरा गर्ने ?
फेसबुकले आफ्ना ग्राहकका लागि कुनै पनि फोन सेवा उपलब्ध गराएको हुँदैन । न त हामी फेसबुकको फेसबुक पेजमा गएर म्यासेज गर्न नै सक्छौँ । त्यस्तै कतिपय घटनाका लागि कतैबाट नम्बर पाएर कल गर्नु पनि समयको बर्बादीबाहेक अरू केही होइन ।
त्यस्तै तपाईँले support@ fb.com मा मेल गरेर पनि फेसबुकको ग्राहक सेवामा पुग्न सकिन्छ । तर, यसमा पनि फेसबुकका कर्मचारीले रेस्पोन्स दिने/नदिने निश्चित हुँदैन । यदि तपाईँको समस्या अत्यावश्यक नभएको खण्डमा यहाँ क्लिक गरेर रिपोर्ट टुलमा पुग्न सकिन्छ ।
फेसबुकलाई सम्पर्क गरेर त्यहाँ आएका समस्या कसरी रिपोर्ट गर्ने ?
यदि तपाईँ फेसबुकलाई सम्पर्क गर्न तयार हुनुहुन्छ भने फेसबुकले रिपोर्ट अ प्रोब्लमु ९च्भउयचत ब उचयदझि० भन्ने सेक्सन छुट्याएको छ । जहाँबाट सजिलै फेसबुकमा आफूले भोगेका समस्या रिपोर्ट गर्न सकिन्छ ।
फेसबुकमा कुनै पनि समस्या रिपोर्ट गर्न तलको प्रक्रिया अपनाउनुहोस्स्
सबैभन्दा पहिले फेसबुक खोल्नुहोस् ।
त्यसपछि सबैभन्दा माथि दायाँपट्टि रहेको तपाईँको प्रोफाइल पिक्चरमा क्लिक गर्नुहोस् ।
त्यसपछि स्क्रोल गर्दै तल गएर हेल्प एन्ड सपोर्टु (help and support) मा क्लिक गर्नुहोस् ।
त्यसपछि रिपोर्ट अ प्रोब्लम(report a problem) मा जानुहोस् ।
त्यसपछि सम्थिङ वेन्ट रङ (something went wrong ) मा क्लिक गर्नुहोस् ।
त्यसपछि चुज एन एरिया (choose an area) भन्ने बक्स देखिन्छ, जहाँ गएर तपाईँले कहाँ समस्या देखिएको भन्ने कुरा छान्नुपर्ने हुन्छ ।
त्यसपछि तल रहेको डिटेलु भन्ने अप्सनमा गएर आफूले फेसबुकमा भोगेको समस्या विस्तृत रूपमा उल्लेख गर्नुपर्ने हुन्छ।
त्यसपछि त्यसभन्दा तल आफूले कुन सेक्सनमा समस्या भोगेको भन्ने कुराको स्क्रिनशट वा भिडिओ पठाउनु पर्ने हुन्छ। त्यसपछि अन्तिममा रहेको सब्मिटु बटनमा ट्याप गर्नुहोस्।
यसरी तपाईँको समस्या रिपोर्ट हुन्छ । तपाईँको फेसबुकमा आएको समस्या कत्तिको जायज हो वा तपाईँले उल्लेख गरेका जानकारी र विवरण कत्तिको सही छन्, त्यसको आधारमा फेसबुकले तपाईँको समस्या समाधान गर्नसक्छ।
तपाईँको फेसबुक अकाउन्ट डिसेबल भयो भने के गर्ने?
तपाईँले के कुरा याद गर्नुहोला भने फेसबुक अकाउन्ट बनाउँदा आफ्नो आधिकारिक प्रमाणपत्रमा रहेका विवरण राख्नुहोस् । विशेषगरी जन्मदिन फरक पार्नुहुँदैन। फेसबुक अकाउन्ट डिसेबल भएको खण्डमा फेसबुकले तपाईँलाई तपाईँको आधिकारिक विवरण पठाउन भन्छ।
तपाईँलाई पठाइएको अनलाइन फाराममा तपाईँले आफ्नो आधिकारिक प्रमाणपत्र पठाउनुपर्ने हुन्छ। त्यसका लागि फेसबुकले ३० दिनको समय तोकेको हुन्छ।
यदि त्यो समयमा तपाईँले पठाउनुभएन वा गलत प्रमाणपत्र पठाउनु भएमा तपाईँको अकाउन्ट डिसेबल हुन्छ । याद गर्नुहोस् तपाईँले पठाएको प्रमाणपत्र फेसबुकले आफूसँग एक वर्षसम्मका लागिराख्छ ।
के फेसबुकको ग्राहक सेवा छ त ?
तपाईँले फेसबुकमा ग्राहक सेवा खोज्न थाल्नुभयो भने दुःखमात्र पाउनुहुन्छ । फेसबुकमा प्रायः स्वचालित प्रणाली जडान गरिएका हुन्छन् । हाम्रा कुनै पनि समस्या छन् भने त्यसलाई कसरी समाधान गर्न सकिन्छ भन्ने कुरा त्यही उल्लेख गरेको हुन्छ।
कम्पनी प्रयोगकर्तासँग प्रत्यक्ष रूपमा सम्पर्कमा रहेर आफ्नो समय र पैसा खेर फाल्न चाहँदैन । के तपाईँलाई फेसबुकले ग्राहक सेवा उपलब्ध गराउँछ त रु हो, फेसबुकले तपाईँलाई ग्राहक सेवा उपलब्ध गराउँछ।
तर, त्यसका लागि तपाईँ फेसबुकको विज्ञापनदाता हुनुपर्ने हुन्छ । विज्ञापनसँग सम्बन्धित ग्राहकका समस्या फेसबुक ग्राहक सेवा प्रतिनिधिबाट समाधान गर्छ ।