देउसी-भैलीको मौलिक परम्परा जोगाउनै मुश्किल

काठमाडौँ । लक्ष्मीपूजाको दिन भैली र गोवद्र्धन पूजाको दिन देउसी खेल्ने नेपाली मौलिक धार्मिक परम्परा विस्तारै लोपहुँदै गएको छ । झिलिमिली साँझमा घरका दैलोमा आएर भैली खेल्ने, आगनभरी घुमेर देउसी खेल्ने विगतका सांस्कृतिक मौलिक परम्परा आजभोलि विरलै देख्न पाइन्छ ।

सहरी क्षेत्रमा तिहार पर्व प्रारम्भ हुने वित्तिकै लक्ष्मीपूजा वा गोवद्र्धन पूजा नै नगरी देउसी खेल्न प्रारम्भ गरिन्छ । त्यो देउसीमा चलचित्र गीत, माया पिरतिका गीत, पप, र्याप गीत गाउने गएर देउसीभैली खेल्ने गरेको देखिन्छ ।

कुनै दैनिक पत्रिकाका सम्पादकले आफ्नो फेसबुक पेजमा पोखरा लेकसाइडमा खेलिएको देउसीको गीत राखेका छन् । त्यो देउसी गीतमा भनिएको छ, “कहाँ गयो जुरेली किन गीत गाउँदैन, तिम्रो जति माया त लालुमै किन होला कसैको लाग्दैन ।”

पोखरामा मात्र होइन । राजधानी काठमाडौँ, चितवन, विराटनगर, नेपालगञ्ज, बुटवल, हेटौँडाजस्ता देशका धेरैजसो सहरी क्षेत्रमा र केही मात्रामा ग्रामीण क्षेत्रमा अहिले देउसी र भैलीमा अन्य गीतहरु गाउने चलन बढ्दै गएको छ । यस्ता कार्यले देउसीभैलीमा नेपालीपन मासिँदै जाने जोखिम देखिएको छ ।

धार्मिक तथा संस्कृतिविद् डा.गोविन्द टन्डनका अनुसार तिहार पर्वमा देउसीभैली खेल्ने मौलिकपन हराउँदै गएको छ । तिहारमा बत्ती र फूलको झिलिमिलीमा जुन पवित्र उद्देश्यका साथ देउसीभैली खेलिन्थ्यो” उनले भने, अहिले र सिमेनामा गीत गाएर नाच्ने, भोजपुरी, अन्य गीतमा नाच्ने गाउने गरेको देखिन्छ, त्यो त्यो तिहारको संस्कृति होइन ।

तिहारको महत्व बुझाउनका लागि राज्यले पाठ्यपुस्तकमा विस्तृतरुपमा राख्ने, अन्य कार्यक्रम आफैले आयोजना गरेर मौलिकपनलाई जोगाइ राख्नुपर्ने उहाँको भनाइ छ ।

सांस्कृति विचलन देखियो : डा. गोविन्द टन्डन

धार्मिक मान्यता अनुसार अहिले देउसीभैली खेल्न प्रचलनमा कमी आएको छ । धार्मिक मान्यता अनुसार देउसीभैली खेल्ने मूल तत्व हराउन थाल्यो, सिनेमाको गीत गाएर, अरुअरु गीत गाएर नाच्न थाले” सांस्कृतिविद् डा टन्डनले थपे,“एतिहासिक र पुरानो शैलीलाई छाड्दै गएर अन्य गीतमा नाच्नु संस्कृति विचलन हो ।तिहार अर्थात यमपञ्चकको पाँच दिन नै अत्यन्तै महत्वपूर्ण भए पनि राज्यले यो पर्वको महत्व बुझाउने गरेको नपाइएको उनको बुझाइ छ ।

तिहार सयपत्री, गोदावरी र मखमलीको पर्व मात्र होइन । फूलको व्यापार गरेर आम्दानी पनि गर्न सकिन्छ । तिहारमा जुन जुन जनावरको पूजा गरिन्छ । ती सबै मानिसको जीवनमा अत्यन्तै नजिकबाट जोडिएका छन् ।

देउसी भैलीको ऐतिहासिक पक्ष

देउसीभैली भन्ने वित्तिकै तिहार पर्व भन्ने बुझिन्छ । तर तिहार पर्व कहिले रु कुन मितिबाट प्रारम्भ भयो रु भन्ने एकिन नभए पनि झिलिमिली पर्वका रुपमा तिहार मनाउनुका विभिन्न आधार छन् ।

धार्मिक ग्रन्थ रामायणमा भगवान रामले वनबास सकेर आएपछि अयोध्यामा फर्केपछि खुसीयाली मनाउनका लागि दिपावली गरिएको भन्ने प्रसङ्ग छ ।

अर्को प्रसिद्ध धामिक प्रसङ्ग बलि राजासँग जोडिएको छ । राजा बले शक्तिशाली र धनाढ्य दानव अहंकारी राजा थिए । बलिराजाको मुख्य उद्देश्य भनेको देवीदेवतालाई आफ्नो अधिनमा कजाएर राख्ने थियो ।

त्यसले गर्दा देवीदेवतामा त्रास बढ्दै गयो । सबै देवीदेवता मिलेर एक दिन भगवान विष्णुसँग गएर भने । त्यो सुनेपछि भगवान विष्णुले सानो भिक्षु भनेर बलि राजाको कहाँ गए ।

राजा बलिले तिमी यति सानो मान्छे किन भीक्षा मागेर हिँड्छौँ । मेरो आधी राज्य दिन्छु यही बस भने तर भिक्षुले म यति सानो भिक्षा मागेर हिँड्ने मान्छे हुँ । मलाइ यत्रो राज्य के गर्नु रु बरु मलाई तीन पाहिला जमिन दिनुहोस । त्यति भए मलाई पुग्छ भने । राजा बलिले हुन्छ भने ।

भगवान विष्णुले आफ्नो विराट रुप धारण गरी एक पहिला टेक्दा पृथ्वी पूरै ढाकियो, अर्को पाहिला टेक्दा अन्तरिक्ष ९आकाश० पूरै ढाकियो । तेस्रो पाहिला टेक्ने ठाउँ भएन ।

भगवान विष्णुले बलि राजालाई तेस्रो पाइला कहाँ राखु भनेर सोधे । बलिराजाले कही ठाउँ नदेखे पनि मेरो शिरमा राख्नुहोस भनेर भने । भगवान विष्णुले देउ शिर भने ।

एउटा पाइला शीरमा राखे । त्यही ‘देउ शिर’ भन्ने शब्दलाई पछि देउसी रे भन्न थालियो । धार्मिक तथा सांस्कृतिविद् डा। टन्डनका अनुसार सुरुमा देस शिर भनिएपछिपछि यसैलाई खुसीयालीमा रुपमा दउेसी खेल्दै जाँदा ‘देउसी रे’ भन्न थालियो ।

धार्मिक तथा एतिहासिक रुपमा विशेष महत्व बोकेर मनाउन थालिएको तिहार पर्वका अवसरमा महत्वका साथ खेलिने देउसी भैलीलाई अहिले आधुनिकताका नाममा आफ्नो मौलिक सांस्कृति परम्परालाई भुल्दै गएको देखिन्छ ।