देशभर थप १६ जनामा कोरोना संक्रमण,६४१ जना सक्रिय संक्रमित

काठमाडौं। पछिल्लो २४ घण्टामा देशभर १६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।

कुल १ हजार ११७ जनामा गरिएको परीक्षणका क्रममा १२ जनामा संक्रमण पुष्टि भएको हो। यस्तै सोही अवधिमा ३५ जना संक्रमणमुक्त भएका छन्।

हाल देशभर ६४१ जना कोरोनाभाइरसका सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।