नेकपा एकीकृत समाजवादीले भोलि घोषणापत्र सार्वजनिक गर्ने
काठमाडौं । नेकपा एकीकृत समाजवादीले भोलि सोमबार चुनावी घोषणापत्र सार्वजनिक गर्ने भएको छ।
महासचिव बेदुराम भुसालका अनुसार भोलि दिउँसो तीन बजे बानेश्वरस्थित पार्टी कार्यालयमा कार्यक्रम गरेर घोषणापत्र सार्वजनिक हुन लागेको हो।
एकीकृत समाजवादीले उपमहासचिवत्रय प्रकाश ज्वाला, गंगालाल तुलाधार र विजय पौडेललाई घोषणापत्र निर्माणको जिम्मेवारी दिएको थियो।
समाजवादीले घोषणपत्रको नारा ‘राष्ट्रिय स्वाभिमान, संविधानको रक्षा र स्थिरता हाम्रो सरोकार, आर्थिक समाजिक रुपान्तरण र समृद्धि समाजवादको आधार’ तय गरेको छ।