विप्लव नेकपाले चुनाव विथोल्ने

काठमाडौँ। नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेकपाले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव विथोल्ने औपचारिक निर्णय गरेको छ ।

नवौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको दोस्रो बैठकले चुनाव विथोल्ने निर्णय गरेको बताइएको छ । चुनाव विथोल्ने अर्थात् खारेज गर्ने निर्णय अनुसार अब नेकपाले देशव्यापी रुपमा भण्डाफोर र प्रचार अभियान चलाउने भएको छ ।

मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी यसबारे जानकारी दिइएको हो । सो पार्टीको केन्द्रीय कमिटीको दोस्रो बैठक यही कात्तिक ४ गते सम्पन्न भएको थियो ।