एमालेको चुनावी अभियान आज दार्चुलाबाट सुरु हुँदै

काठमाडौं । नेकपा (एमाले) ले आज शुक्रबारदेखि चुनावी अभियान सुरू गर्न लागेको छ । एमालेले सुदूरपश्चिमको पहाडी जिल्ला दार्चुलाबाट शुक्रबार चुनावी अभियान सुरू गर्न लागेको हो ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले दार्चुला पुगेर शुक्रबार चुनावी अभियान सुरू गर्ने र सदरमुकाम खलंगामा बिहान ११ बजे आयोजना हुने सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको एमालेले जनाएको छ ।

ओलीले शुक्रबार नै बैतडी र कञ्चनपुरमा आयोजना हुने आमसभालाई पनि सम्बोधन गर्ने कार्यक्रम छ ।

चुनावी दौडाहका क्रममा ओली ४० वटा जिल्लामा पुगेर त्यहाँ हुने सभालाई सम्बोधन गर्नुहुने एमालेले जनाएको छ ।

एमालेले निर्वाचन आयोगबाट मुख्य प्रचारक ओलीका लागि हेलिकप्टर प्रयोग गर्ने अनुमति लिइसकेको छ ।