क्रान्तिकारी मओवादी र नेकपा (बहुमत) निकट विद्यार्थी संगठनद्धारा चुनाव बहिष्कार गर्न नेता कार्यकर्तालाइ निर्देशन

काठमाडौं। नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी)ले संयुक्त पत्रकार सम्मेलन गर्दै आगामी मंसिर ४ गते हुने निर्वाचन बहिष्कार गर्न अपिल गरेका छन्।

आज शुक्रबार काठमाडौंमा दुवै विद्यार्थी संगठनले संयुक्त पत्रकार सम्मेलन गर्दै चुनाव बहिष्कारको लागि सम्पूर्ण जनसमुदायलाइ आह्वान समेत गरेका छन्।

सो कार्यक्रममा अखिल (क्रान्तिकारी)का अध्यक्ष हरिकृष्ण गजुरेलले अहिलेको यो संसदीय व्यवस्था फाल्न चुनाव बहिष्कार गर्नु अहिलेको आवश्यकता रहेको बताए।

उनले देशव्यापि रूपमा रहेका संगठनका नेता कार्यक्रतालाइ मंसिर ४ गते हुने निर्वाचन बहिष्कार/अवज्ञामा उत्रन कडा निर्देशन समेत दिएका छन्।
उनले भने देश र जनताको जनजीविका कुराहरू दिन प्रतिदिन कहाली लाग्दो अवस्थामा गएको र महँगी,लुट,हत्या, वेरोजगारी बढेर गएको बताए।त्यस्तै अहिलेका दलाल शासकहरु सत्तामा पुग्न र टिकिरहनका लागि विदेशीको गुलामी बन्ने गरेको अध्यक्ष गजुरेलले आराेप समेत लगाए।  

आगामि मंसिर ४ गते हुने संसदीय निर्वाचनमा दलाल,तस्कर,भष्ट, ठेकेदार र माफिया उमेदवारहरुविरूद्ध आम जनसमुदायलाइ बहिष्कार गर्न सूचित गर्न सबै नेता कार्यकतालाइ अध्यक्ष गजुरेलले आग्रह गरे।

त्यस्तै संसदीय निर्वाचनले मुलुकलाई निकास होइन, थप द्वन्द्वमा धकेल्ने, शैक्षिक माफिया, राष्ट्रघाती र जनघातीहरुलाई अझ मजबुत पार्ने हुँदा सम्पूर्ण विद्यार्थी, शिक्षक, अभिभावक, युवा, किसान, मजदूर, महिलालगायत आम जनसमुदायलाई शिक्षा र स्वास्थ्य क्षेत्रका माफियाहरुविरुद्ध सशक्त सङ्घर्षमा उत्रन आग्रह  गर्दै आगामी मङ्सिर ४ गते तय गरिएको संसदीय निर्वाचनलाई सक्रिय बहिष्कार गर्न  आग्रह गरिएकाे अध्यक्ष गजुरेलले बताए।

यी दुवै विद्यार्थी संगठनका मूल पार्टीले यसअघि नै निर्वाचन बहिष्कार गर्ने निर्णय गरिसकेका  छन्। पार्टीको नीतिअनुसार नै आफूहरुले पनि निर्वाचन बहिष्कारको नीति लिएको संगठनका अध्यक्ष हरिकृष्ण गजुरेल बताए।  

अखिल (क्रान्तिकारी)का अध्यक्ष हरिकृष्ण गजुरेल र अखिल (क्रान्तिकारी) का अध्यक्ष मिलन राईले संयुक्त विज्ञप्ति निकालेर देशव्यापी निर्वाचन बहिष्कार र आन्दोलनका कार्यक्रम गर्न पार्टी संगठनलाई निर्देशन समेत दिएका छन्।

उक्त कार्यक्रममा अखिल(क्रान्तिकारी) की केन्द्रीय उपाध्यक्ष शीलु न्यौपानेले संगठनको तर्फबाट प्रेस विज्ञप्ति पढेनु भएको थियो। सो कार्यक्रम अखिल (क्रान्तिकारी) की महासचिव रुपा बुढाले संचालन गर्नुभएको थियो।

निर्वाचन बहिष्कार लाइ थप प्रभावकारि बनाउदै अगाडी बढ्नेमा दुवै संगठनबिच अझै थप छलफल गर्दै संघर्षका कार्यक्रम अगाडी बढाउने अखिल(क्रान्तिकारी) की उपाध्यक्ष शीलु न्यौपाने जानकारी दिनुभयो।

सो कार्यक्रममा अखिल क्रान्तिकारीका केन्द्रीय महासचिव पेशल दाहाललगायतका केन्दीय नेताहरूको बाक्लो उपस्थिति रहेको थियो।

उक्त कार्यक्रममा दुवै संगठनका केन्द्र,प्रर्देश र जिल्ला स्थरिय नेता कार्यकर्ता समेतको उपस्थित रहेको थियो।