तरुणदलका नेता सरोज बहादुर शाही निर्वाचन केन्द्रीय परिचालन समितिमा मनोनित
काठमाडौं। नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको तयारीका लागि बाँकी जिल्लामा केन्द्रीय प्रतिनिधि मनोनयन गरेको छ।
बाजुरा जिल्लामा लोकतान्त्रिक बाम गठबन्धनमा रहेका उम्मेदवारहरुलाई विजयी गराउन केन्द्रीय तरुण परिचालन समितिमा दरूण नेता सरोज बहादुर शाहीलाइ मनोनयन गरिएको छ।
तरुण दलले कांग्रेसलगायत गठबन्धन दलका उम्मेदवारलाई विजयी गराउनका लागि सबै सङ्घीय निर्वाचन क्षेत्रमा तरुणहरूलाई परिचालन गर्न तथा क्रियाशील बनाउने निर्णयानुसार केन्द्रीय प्रतिनिधि खटाएको हो।
साथै सम्पूर्ण केन्द्रीय प्रतिनिधिहरूलाई आफूलाई खटाइएको निर्वाचन क्षेत्रमा तत्काल गई तोकिएको कार्य सुरु गर्न र निर्वाचन सम्पन्नपछि कार्यविवरण प्रतिवेदन केन्द्रीय कार्यालयमा बुझाउन समेत निर्देशन गरिएको छ ।