राप्रपाले आज काठमाडौंमा चुनावी आमसभा गर्दै,मनिषा कोइरालाले पनि सम्बोधन गर्ने

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज काठमाडौंमा आमसभा गर्ने भएको छ।

पार्टीका प्रवक्ता मोहन श्रेष्ठका अनुसार बसन्तपुरमा आज दिउँसो १ बजे आमसभा सुरू हुनेछ।

आमसभालाई अध्यक्ष राजेन्द्र लिङ्देनसहित राप्रपाका वरिष्ठ नेताहरूले सम्बोधन गर्नेछन्।

यस्तै बलिउड अभिनेत्रीसमेत रहेकी मनिषा कोइरालाले पनि आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको श्रेष्ठले बताए।

आमसभामा काठमाडौं उपत्यकाभित्र रहेका प्रतिनिधि सभा र प्रदेश सभामा राप्रपाबाट उम्मेदवारी दिएकाहरूले पनि बोल्नेछन्।

राप्रपाले देशभर एक सय ४२ प्रतिनिधि सभा क्षेत्र र दुई सय ८६ प्रदेश सभा क्षेत्रमा उम्मेदवारी दिएको छ।