विराटनगरमा शंकास्पद वस्तु फेला, सेनाको डिस्पोज टोली जाँदै

विराटनगर । विराटनगर ३ पुष्पमार्गमा बमजस्तै देखिने शंकास्पद वस्तु फेला परेको छ । विहान ७ बजे बजेतिर शंकास्पद एउटा झोला देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले शंकास्पद वस्तु फेला परेकाले नेपाली सेनाको बम डिस्पोजल टोली बोलाइएको जानकारी दिए।

‘पुष्पलाल चौकदेखि दक्षिणतिर पुष्पमार्गमा शंकास्पद वस्तु फेला परेको छ,’ उनले भने, ‘अहिले नेपाली सेनाको बम डिस्पोजन टोलीलाई खबर गरेको छ । सेनाको टोली घटनास्थलतिर जादैछ ।शंकास्पद वस्तु फेला परेपछि परेपछि त्यस क्षेत्रका बासिन्दा त्रसित बनेका छन् ।