गठबन्धनका उम्मेदवारविरुद्ध प्रचार गरेको भन्दै कांग्रेसले गर्याे ३ जना निलम्बन
काठमाडौं । बारा निर्वाचन क्षेत्र नम्बर–४ का वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार कृष्णकुमार श्रेष्ठ (किसान) विरूद्ध प्रचार गर्ने तीन जनालाई नेपाली कांग्रेसले निलम्बन गरेको छ।
शनिबार केन्द्रीय अनुशासन समितिले नेकपा एकीकृत समाजवादीका नेता किसानविरूद्ध लागेको भन्दै कांग्रेसका जिल्ला उपसभापति अमिरीलाल राउत भेडियर, सदस्य हरिप्रसाद थपलिया र क्षेत्रीय प्रतिनिधि सुशील ढोडारीलाई निलम्बन गरेको संयोजक आनन्दप्रसाद ढुंगानाले जानकारी दिएका हुन्।
उनीहरू किसानविरूद्ध लागेको उजुरी पाएपछि कांग्रेसको विधान, २०१७ (संशोधन सहित)को धारा (३४) बमोजिम समितिले पार्टीको सदस्यता नरहने गरी निलम्बन गरिएको विज्ञप्तिमा जनाएको छ।