बाजुरा प्रकरण: अनेरास्ववियूले गर्यो आज पनि मार्तडी बजार र सरकारी कार्यालय बन्द
बाजुरा । बाजुराको त्रिवेणी नगरपालिका वडा नम्वर ७ मा निर्वाचनका दिन भएको घटनाको विषयलाई लिएर नेकपा एमालेको अनेरास्ववियूले आज पनि सदरमुकाम मार्तडी बजार र सरकारी कार्यालय बन्द गरेको छ ।
अनेरास्ववीयुका केन्द्रीय सचिवालय सदस्य तथा बाजुराका क्याम्पसका स्ववियु सभापति चेतन अयडीको हत्यामा संलग्नहरुलाई कारवाहीको माग गर्दै अनेरास्ववीयु बाजुराले मंगलबार विहान सदरमुकाम मार्तडीको तुफान डाँडामा टायर बालेर प्रर्दशन सुरु गरेको अनेरास्ववियूका लक्ष्मण रोकायाले बताउनुभयो ।
मतदान सम्पन्नपछि नेपाली काँग्रेसका कार्यकर्ताहरुले अयडीको विभत्स हत्या गर्दा पनि सुरक्षाकर्मीहरु टुलुटुलु हेरेर बसेकाले न्यायका लागि आज मार्तडी बजार र सरकारी कार्यालय बन्द गर्न बाध्य भएको अनेरास्ववीयुका रोकायाले बताउनुभयो ।
त्यस्तै सोही दिन सुरक्षाकर्मीको गोली लागेर सोही वडाका सन्जिव अयडीको पनि ज्यान गएको थियो।
अहिले मृतक सन्जिवको शव मतदान स्थलमै राखिएको छ भने चेतन अयडीको शव बयालपाटा अस्पतालमा छ ।
यता स्थानीय प्रशासनले भने सर्वदलीय बैठक बसेर शवको व्यवस्थापन गर्ने बताएको छ ।