बाजुरामा अनेरास्वबियुको आन्दोलन फिर्ता,शान्तिपूर्ण आन्दोलन गर्ने

काठमाडौं।नेकपा एमालेको भातृ संगठन अनेरास्वबियु बाजुराले गरिरहेको आन्दोलन फिर्ता लिएको छ। अनेरास्वबियु बाजुराका विद्यार्थी नेता चेतन अएडीको हत्या प्रकरणमा संलग्नलाई पक्राउको मागसहित आन्दोलनरत अनेरास्वबियुले गरिरहेको आन्दोलन फिर्ता लिएको विज्ञप्तिमार्फत जनाएको हो।

शान्तिपूर्ण आन्दोलन बाहेक अन्य बजार, यातायता कार्यालय सबै बन्द नगरिने जारी विज्ञप्तिमा भनिएको छ।

यहि मंसिर ५ गते देखि बाजुरा बन्दको आह्वन गरेको अनेरास्वबियु बाजुराले आज शुक्रबारदेखि आन्दोलनका सबै कार्यक्रमहरु फिर्ता लिएको विज्ञप्तिमा भनिएको छ।

तर विद्यार्थी नेता अएडीका हत्यारालाई कानूनी दायरामा नल्याउन्जेसम्म शान्तिपूर्ण आन्दोलन भने जारी राख्ने अनेरास्वबियु बाजुराका सचिव हिक्मतबहादुर रोकायाले जारी गरेको विज्ञप्तिमा भनिएको छ।