थापाथलीमा प्रहरी र सुकुमबासीबीच झडप,महानगरका एसपी राजु पाण्डे घाइते

काठमाडौं ।काठमाडौंको थापाथलीस्थित सुकुम्वासी बस्ती हटाउन खोज्ने बागमती सभ्यता सर्वाधिकार सम्पन्न समितिले परिचान गरिएका प्रहरी र सुकुमबासीबीच  झडप भएको छ। बस्ती हटाउन प्रहरी परिचालन गरेको हो।

त्यस्तै समितिको समन्वयनमा महानगरपालिकाले त्यहाँ डोजर चलाउन प्रहरी परिचालन गरेको काठमाडौँ महानगरपालिकाका नगर प्रहरी प्रमुख रघुनाथ पाण्डेले जानकारी दिए। उनका अनुसार बस्ती खाली गर्न समय दिइएको थियो।

उनले भने, समितिले सहयोग मागेका कारण सहयोगी भूमिका निर्वाह गरेका हौँ। बागमती सभ्यता सर्वाधिकार सम्पन्न समितिले सुकुम्वासीले सोमबार बस्ती खाली गर्ने योजना छ।

काठमाडौँको बागमती किनारका सुकुम्वासी बस्तीलाई हटाउन बागमती सभ्यता सर्वाधिकार सम्पन्न समितिले १० दिने सूचना जारी गरेको थियो। स्थानीय बासी र प्रहरीबीचमा सामान्य झडप भएको उनले बताए।

सुकुम्वासीहरूले हानेको ढुङ्गा लागेर महानगरका एसपी राजु पाण्डेको टाउको फुटेको छ। उनीहरू कुनै पनि हालतमा बस्तीमा डोजर लाउन नदिन प्रतिकार गर्न लाठी, ढुङ्गा घरेलु हतियारसहित तयार बसिरहेका छन्।

एकीकृत बागमती सभ्यता विकास समितिले ४ मंसिर (चुनावकै दिन) सम्म अन्तिम म्याद राखेर बस्ती खाली गर्न सूचना जारी गरेको थियो ।

समितिले सूचना जारी गर्दै नदी किनारामा अनधिकृत रूपमा निर्माण भएका घरटहरा तथा निर्माण सामग्री र सवारी साधनहरू हटाउन ४ मंसिरसम्मको समयसीमा दिएको थियो । तर निर्देशन अटेर गरेपछि महानगरको टोली डोजर लिएर सुकुम्बासी बस्ती पुगेको थियो ।