अखिल (क्रान्तिकारी)ले सुवाल इन्टरनेशनल कलेजमा ताला लगायो
काठमाडौं। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन क्रान्तिकारीले भक्तपुरको सर्यूविनायकस्थित सुवाल इन्टरनेसनल कलेजमा ताला लगाएको छ ।
यूनियनले विज्ञप्ति जारी गर्दै कलेजमा तालाबन्दी सँधैका लागि बन्द गर्नको लागि ताला लगाएको हो।
भक्तपुरको सूर्यविनायक-१ स्थित घतालेमा सुवाल इन्टरनेसनल कलेजले नियामक निकायको अनुमति र सम्बन्धन बिनै विद्यार्थी भर्ना गरी शुल्क असुलेको भेटिएपछि यूनियनले ताला लगाएको हो। कलेजले नर्सिङ, फार्मेसी र एचएमा २७० विद्यार्थी भर्ना गरेर शुल्क उठाएको पाइएको छ।
अमेरिकी विश्वविद्यालयबाट सम्बन्धन लिएको दाबी गर्दै नर्सिङ, फार्मेसी र एचएमा करिब ३ सय विद्यार्थी भर्ना लिएको र इन्जिनियरिङ लगायतमा भर्नाका लागि सूचना आह्वान गरेको छ।
अहिले अभिभावक तथा विद्यार्थीहरु आन्दोलित छन् । विज्ञप्तिमा भनिएको छ, ‘अहिले कलेजमा तालाबन्दी गरी पूर्ण रुपमा सँधैका लागि बन्द गरिदिएको छ।
यूनियनले हदैसम्मको शैक्षिक अपराध भएकोले छानबिन गरी पीडित विद्यार्थीहरुबाट असुलिएको शुल्क फिर्ता र ठगी गर्ने सुवाल इन्टरनेसनल कलेज नमको संस्थालाई बन्द गरी सञ्चालकहरुलाई कारबाही गर्न माग गरेको छ।