बाजुरा प्रदेश (क) मा एमालेका रेग्मी भन्दा एकीकृत समाजवादीका शाहीको अग्रता कायमै

काठमाडौं । बाजुरा प्रदेशसभा निर्वाचन क्षेत्र (क)मा नेकपा (एकीकृत समाजवादी)का नेता नरेशकुमार शाहीले ६ हजार ९२ मतसहित अग्रता कायम राखेका छन्।

त्यस्तै नेकपा एमालेका बल्देब रेग्मीले ४ हजार ९ सय ९४ मत प्राप्त गरेर पछ्याउँदै छन्। भने नेकपा माओवादी केन्द्रका कर्णबहादुर विकले ५ सय २७ मत पाएका छन्। 

एकीकृत समाजवादीका नेता नरेशकुमार शाहीले १ हजार ७ मतान्तरले नेकपा एमालेका रेग्मी भन्दा अगाडि रहेका छन्।