बाजुरामा काँग्रेसका उम्मेदवार बद्री पाण्डेको फराकिलो अग्रता

काठमाडौं।बाजुरामा नेपाली काँग्रेसका बद्री प्रसाद पाण्डेको नेकपा एमाले कर्ण बहादुर थापा भन्दा ३ हजार २ सय ९४ मतले अगाडी रहेका छन् ।

गठबन्धनको तर्फबाट प्रतिनिधि सभा उम्मेदवार बनेका पाण्डेले २६ हजार ८ सय ७४ मत प्राप्त गरेका छन भने नेकपा एमाले प्रतिनिधि सभा उम्मेदवार कर्ण बहादुर थापाले २३ हजार ५ सय ८० मत प्राप्त गरेका छन ।

गणना भएको जम्मा मत ५१ हजार ८ सय १८ रहेको छ । राप्रपाका उम्मेदवार जंग कुमार गिरीको १६६ मत, स्वतन्त्रका टेक बहादुर बडुवालको ९३ र जसपा राम ब।शाही ६५ मत रहेको छ ।