जुम्लामा युवती गरिन आत्महत्या

सांकेतिक तस्वीर

काठमाडौं। जुम्लाको सिंजा गाउँपालिका–४ भुलिगाउँमा एक युवतीले कोठामा झुन्डिएर आत्महत्या गरेकी छन्।

जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी नरेन्द्र चन्दका अनुसार अन्दाजी २१ वर्षीया राममाया बुढाले आफ्नो माइतीघरको तेस्रो तलामा झुन्डिएर आत्महत्या गरेकी हुन्।

के–कति कारणले उनले आत्महत्या गरेको भन्ने अनुसन्धानबाट मात्रै थाहा हुने बताए।

इलाका प्रहरी चौकी नराकोटका इन्चार्ज गोविन्द बोहोराका अनुसार उनी १० महिनादेखि माइतीघर बस्दै आएकी थिइन्।

उनको घरमा झगडा भएको भन्ने बुझिएको छ। उनको दुई वर्षकी छोरी पनि छिन्।