प्रतिनिधसभातर्फ ५७ क्षेत्रमा निर्वाचित यी हुन काँग्रेसका सांसद (नामावलीसहित)

काठमाडौं।मंसिर ४ गते सम्पन्न आमनिर्वाचन ०७९ अन्तर्गत प्रतिनिधि सभाका सबै क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । जसमध्ये ५७ सिटसहित नेपाली कांग्रेस पहिलो दल बन्न सफल भएको छ । कांग्रेसले प्रतिनिधि सभातर्फको कूल १६५ सिटमध्ये ९१ सिटमा उम्मेदवारी दिएको थियो । त्यसमध्ये ५७ सिट जितेको छ ।

 

यस्तै एमाले ४४ सिटसहित दोस्रो, माओवादी केन्द्र १८ सिटसहित तेस्रो र एकीकृत समाजवादी १० सहित चौथो शक्ति बनेको छ । जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी ७/७, लोकतान्त्रिक समाजवादी पार्टीले ४, नागरिक उन्मुक्ति पार्टी ३, राष्ट्रिय जनमोर्चा नेपाल, मजदुर किसान पार्टी र जनमत पार्टी एकरएक क्षेत्रमा विजयी भएका छन् । प्रतिनिधिसभामा ५ जना स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।

नामावली हेर्नुहोस्

१-विश्वप्रकाश शर्मा

२-दीपक खड्का

३-सीता गुरुङ

४-डिगबहादुर लिम्बू

५-सुनीलकुमार शर्मा

६-डा शेखर कोइराला

७-ज्ञानेन्द्रबहादुर कार्की

८-रामहरि खतिवडा

९- डा नारायण खड्का

१०-दिनेशकुमार यादव

११-तेजुलाल चौधरी

१२-रामकृष्ण यादव

१३-महेन्द्रकुमार राय

१४- देवप्रसाद तिमलसेना

१५-अजयकुमार चौरसिया

१६-रमेश रिजाल

१७- पूर्णबहादुर तामाङ

१८- श्यामकुमार घिमिरे

१९- मोहन आचार्य

२०- रामनाथ अधिकारी

२१-अर्जुननरसिंह केसी

२२-प्रकाशमान सिंह

२३-सन्तोष चालिसे

२४-गगनकुमार थापा

२५- प्रदीप पौडेल

२६- राजेन्द्रकुमार केसी

२७- दुर्लभ थापा क्षेत्री

२८-उदयशम्शेर राणा

२९-मोहनबहादुर बस्नेत

३०- राजेन्द्र बजगाइँ

३१-टेकबहादुर गुरुङ

३२-रामचन्द्र पौडेल

३३-शङ्कर भण्डारी

३४-राजु थापा

३५ धनराज गुरुङ

३६-शशाङ्क कोइराला

३७-विष्णुकुमार कार्की

३८-योगेश गौचन थकाली

३९-खमबहादुर गर्बुजा

४०-चन्द्रकान्त भण्डारी

४१-सुरेन्द्रराज आचार्य

४२-दीपक गिरी

४३-किशोरसिंह राठोर

४४- सञ्जयकुमार गौतम

४५-विनोदकुमार चौधरी

४६- ऐनबहादुर शाही ठकुरी

४७- दिक्पालकुमार शाही

४८- पूर्णबहादुर खड्का

४९-हृदयराम थानी

५०-बद्रीप्रसाद पाण्डे

५१- पुष्पबहादुर शाह

५२-वीरबहादुर बलायर

५३- डिल्लीराज पन्त

५४- दीलेन्द्रप्रसाद बडू

५५-शेरबहादुर देउवा

५६-नारायणप्रकाश साउद

५७-रमेश लेखक