एमालेको केन्द्रीय कार्यालय बैठक आज बस्दै

काठमाडौं। महासचिव नेतृत्वको नेकपा एमाले केन्द्रीय कार्यालय बैठक आज बुधबार बस्ने भएको छ।

केन्द्रीय सचिवालय बैठक अघि एमालेको केन्द्रीय कार्यालय बैठक बस्ने गर्छ। बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्न लागेको एमाले पार्टी केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिए।

कार्यालय बैठकले पार्टी केन्द्रीय सचिवालयका एजेन्डा तय गर्नेछ। मंसिर ४ को निर्वाचनपछि पहिलो पटक बैठक बस्न लागेको हो।

बैठकमा समानुपातिकतर्फ बन्द सुचीमा रहेकाबारे छलफल हुनेछ। एमालेले समानुपातिक तर्फ लोकप्रिय सवैभन्दा बढी २८ लाख ४५ हजार ४६१ मत ल्याएको छ भने प्रत्यक्षतर्फ ४४ सिट जितेको छ।