क्रान्तिकारी माओवादी निकट अखिल (क्रान्तिकारी)को भारतीय दूतावास अगाडि विरोध प्रदर्शन

काठमाडौं।नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी)ले भारतीय दूतावास अगाडि विरोध प्रदर्शन गरेकाे छ।

महाकाली नदिमा भारतले अतिक्रमण र ज्यादती गरेर एकपक्षीय तटबन्ध निर्माण गरेपछि अखिल (क्रान्तिकारी)ले आज प्रदर्शन गरेकाे हाे। 

सो कार्यको विरोध गर्न आज अखिल (क्रान्तिकारी)ले भारतीय दूतावास अगाडि प्रदर्शन गरेको अध्यक्ष हरिकृष्ण गजुरेलले बताए। अब नेपाली जनता राष्ट्रियताका बिषयमा त्यतिकै बस्ने वाला छैनन् अध्यक्ष गजुरेल भने।                        

 त्यस्तै महाकाली सन्धिका कारण सीमा क्षेत्रका बासिन्दाले वर्षेनि सास्ती खेप्नु परेको अध्यक्ष गजुरेल बताए। त्यसमा दार्चुला र कंचनपुर जिल्लाले बढी क्षती बेहोरेका छन् उनले भने।

दार्चुलाको उत्तर पश्चिमी सिरानीमा भारतीय सैनिक परेड खेलेर बसेका छन् । महाकाली तर्दा हालसम्म दर्जनौ दार्चुलावासी महाकालीमा विलिन भएका छन्।

जयसिंह धामी तुइनबाट महाकाली तर्दैगर्दा भारतीय सुरक्षाकर्मीको सिकार बनेका थिए भने केही दिन अघि भारतले सडक खन्दा आएको ढुंगा लागि दार्चुलाका एकजना स्थानीय बालकको ज्यान समेत गएको थियोे भने अब यस्तो ज्यादती हेरेर बस्ने सरकारमा रहेका नव ल्यान्डुपेहरूलाई सिंहदरबारबाट सडकमा घिसारेर ल्याउने दिन आउदै छन् अध्यक्ष गजुरेलले भने। 

भारतले धौलीगंगा बाँधको ढोका खोल्दा आएको अकल्पनीय बाढीले दार्चुला खलंगा पूरै बगेको धेरै भएको छैन अझ फेरि भारतीय विस्तारवादले महाकाली पूरै नेपालतिर पठाउने गरि तटबन्ध निर्माण गरिरहेको छ तर नेपालीका साशकहरू सुतेर बसेका छन् अध्यक्ष गजुरेलले भने। 

महाकाली नेपालतिर सरेसँगै भारतले नदी च्याप्दै नेपालतिरै च्यापेर तटबन्ध बनाइरहेको नेपालको प्रशासनलाई थाहा छैन अनि कसरी हुन्छ नेपालीको रक्षा सरकार भारतीय दलाल भएको छ।नेपाली जनता सरकारसँग आफ्नो भूभाग बचाउन माग गर्दै लडाइ  लडिरहेका छन्।तर सरकार भने थाहा नभएको भन्दै जवाफ दिन्छ याे भन्दा नांगो दलाली अरू के हुनसक्छ । स्थानीय दार्चुलाबासीले गरेको प्रतिकारका कारण सदरमुकाम तनावग्रस्त हुँदासम्म सरकार कुटनैतिक पहल गर्ने भन्दै भारतीय विस्तारवादकाे अगाडि चुइकै बाेल्न पनि सक्दैन भने जनतााकाे रक्षा कसरी गर्न सक्छ गजुरेल भने।

भारतका कारण नदी नेपालतिर धकेलिदै छन्, सीमा मिचिदैछ, सारिदैछ गएका छन् । दार्चुलावासी ज्यान गुमाइरहेका छन्। दिनहूँ सास्ती खेप्न बाध्य भएका छन्। सिमाका नेपालीले भारतीय ज्यादतिको प्रतिरोध गरिरहेका छन् तर सरकारले भने विरोधमा बोल्ने साहस जुटाउन सम्म सकिरहेको छैन। अनि हामी नेपालीले भारतीय दलाल सरकार नभनेर के भन्ने त भन्दै अध्यक्ष गजुरेलले सरकारलाई प्रश्न गरेका छन्। अब काठमाडौंमा मात्र हाेईन दार्चुलामा गएर आन्दोलन गर्नेबेला भएको छ। राष्ट्रियताका विषयमा अब नेपाली जनता चुपलागेर बस्दैनन् गजुरेलले भने।साे कार्यक्रममा अखिल (क्रान्तिकारी )कि उपाध्यक्ष शिलु न्याैपानेले संख्यात्मक हिसाबमा अहिले कम देखिएपनि राष्ट्रियताका विषयमा हामी बलियाे देखिएका छाै उनले भनिन्।साे कार्यक्रमकाे  संञ्चालन संगठनका महासचिव पेशल  दाहालले गरेका थिए भने संगठनका सचिव राम नेपालीले नारालगाएका थिए। संगठनका केन्द्रीय सदस्यलगायतका विद्यार्थीहरूकाे बाक्लो उपस्थिति रहेकाे थियोे।