राष्ट्रिय स्वतन्त्र पार्टीभित्र समानुपातिक सिट बाँडफाँडमा असन्तुष्टि

काठमाडौं । मंसिर ४ गतेभन्दा केहि महिना पहिला मात्रै उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा विवाद देखा पर्न थालेको छ । समानुपातिक पद्धतिमा पाएको १३ सिटमा सांसद छनौटमा विवाद देखिएको हो।

सुनसरीका अध्यक्ष लालविक्रम थापाले आफ्नो पार्टीको समानुपातिकको बन्दसूचीमा रहेका उम्मेदवारबाट १३ जना चयन गर्दा विधि पद्धतिको अनुरशरण नगरेको आरोप लगाएका छन्। उनले बिहीबार सुनसरीमा धर्नामा सहभागी विधि, पद्धति, बन्दसूचीको क्रम संख्या जस्ता मान्यता मिच्न खोजिएको भन्दै असन्तुष्टि जनाएका छन् ।