इंडियन आर्मी बनाईदिन्छु भन्दै ठगी गर्ने पक्राउ

सांकेतिक तस्वीर

काठमाडौं । इंडियन आर्मी बनाईदिन्छु भनी करिब २ करोड रूपैयाँ ठगी गरेको अभियोगमा पथरीशनिश्चरे नगरपालिका९३ बस्ने ४३ वर्षीय नरेन्द्र पाख्रिङ तामाङलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

तामाङले करिब २५ जना ब्यक्तिहरुलाई इंडियन आर्मी बनाउँछु भनि जनही ५ देखि ६ लाख उठाई उक्त रुपैयाँ ठगी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले उनलाई उनकै घरबाट पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।